कलैया । गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कोभिड -१९ संकट ब्यवस्थापन समन्वय केन्द्र ( सिसिएमी )को सिफारिसमा सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा भीड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रालय ले सबै जिल्ला प्रशासन कार्यालय लाई तथा सुरक्षानिकाय र मातहतका निकाय लाई निर्णय कार्यान्वयन र परिपालना गराउन निर्देशन दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर