साजिर मन्सुर , कलैया । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाले सार्वजनिक बिदा दिए पनि कोरोना खोप को कार्यक्रम नरोकिने भएको छ ।

उपमहानगर का प्रमुख प्रशासकीय अधिकृत नाथ साहले उपमहानगरले सार्वजनिक बिदा दिएको भए पनि नगरबासी लाई खोप लिन आग्रह गरेका छन् । उनले बिदा को दिन पनि उपमहानगर को प्राङ्गणमा खोप प्रदान भैरहेकोले १२ वर्ष देखि का सम्पुर्ण मा खोप लगाउन आग्रह गरेका छन् ।

खोप लिन छट भएक बिद्यार्थीहरु लाई पनि उपमहानगर मा आएर खोप लिन साहले आग्रह गर्नु भयो ।सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने निर्णय गरे पछी अनिवार्य खोप लगाउनु नागरिक को दाइत्व रहेको ले खोप तुरुन्त लगाउन प्रमुख प्रशासकीय अधिकृत साहले अपिल गरेका छन् ।

सरकारले खोप लगाएको कार्ड साथमा नभए मोबाइलमा फोटो भएपनि त्यसलाई साथमा राख्नु पर्ने ब्यवस्था गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर