कलैया । कलैया उपमहानगरपालिका अन्तर्गतका बिधालय बन्द हुने भएको छ ।

कोभिड -१९ संकट ब्यवस्थापन समन्वय केन्द्र ( सिसिएमसी ) को सिफारिस मा शिक्षा मन्त्रालय ले सोमबार सूचना जारी गर्दै माघ १५ गते सम्म देशभरका आधारभुत तथा माध्यमिक तह को पठनपाठन भैतिक उपस्थिति मा बन्द गर्न निर्देशन दिएको थियो ।

यद्यपि कलैया उपमहानगरपालिका ले सूचना जारी नगरेको ले शिक्षा मन्त्रालय को निर्णय अवज्ञा गर्दै कलैया का बिधालय सन्चालन मा थिए । कलैया उपमहानगरपालिका ले आज एक सूचना जारी गर्दै शिक्षा मन्त्रालय को निर्णय कार्यान्वयन गर्न सम्पुर्ण सामुदायिक तथा निजि बिधालय लाई पत्रचार गरेको छ ।

उपमहानगर ले सूचना जारी गर्दै भौतिक उपस्तिथि मा कक्षा संचालन नगर्न र वैकल्पिक माध्यम बाट शिक्षण सहजीकरण गर्न निर्देशन दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर