कलैया । मकवानपुरमा लागूऔषध चरेससहित ३ जना पक्राउ परेका छन् । जिल्ला को मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीबाट बुधबार २० किलो ५ सय ग्राम चरेस र १० किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तबहादुर थिङ, २७ वर्षीय ललितबहादुर थिङ र चितवन राप्ती नगरपालिका—११ भण्डारा का २८ वर्षीय रामबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रब्क्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडी रोकेर चेक जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर