कलैया । प्रसौनी गाउँपालिका मा छात्र छात्राहरुसंग मेयर-उपमेयर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर २ मा रहेको बेगा साह माध्यमिक बिधालय मा अध्यनरत कक्षा १२ का छात्र छात्राहरुसंग मेयर-उपमेयर कार्यक्रम सम्पन्न भएको हो ।

संरक्षण नेपाल को आयोजना र प्रसौनी गाउँपालिका को सहयोगमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसंग बिद्यार्थीहरुले गाउँपालिकाभित्र रहेको शिक्षा, स्वास्थ्य, विद्यालयको भौतिक संरचना बारेमा , पुस्तकालय को ब्यवस्थापन गर्नु पर्ने जस्ता विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । ऊनीहरुले बालविवाह तथा दाइजो प्रथा, लैगिक हिंसा, सामाजिक बिभेद विरुद्ध गाउँपालिकाले खेलेको भुमिका र सीपमुलक तथा रोजगारीमुलक कार्यहरुबाट कति जना लाभान्वित भएको बारे प्रश्न गरेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गिता साह, वडा अध्यक्ष सुरेशप्रसाद साह र आनन्दप्रसाद गुप्ता लगायतको सहभागिता रहेकोे थियो ।कार्यक्रमको सजीकरण बृजमोहन कुशवाहा, मुकेशकुमार र कृष्णप्रसाद यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर