कलैया । बाख्रा चराउन गएकी ९ वर्षीय बालिका लाई बलात्कार पश्चात् हत्या गरेको आरोपमा बारामा दुई जना पक्राउ परेका छन् ।

बाख्रा चराउन गत पुष २५ गते चौर तर्फ गएकी बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ७ बस्ने ९ वर्षीय रुपमाला कुमारी साहको शव दुई दिन पश्चात पुष २७ गते नजिकैको जमुनिया खोलाबाट बरामद भएको थियो ।
पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ८ कोतवाली टोल बस्ने २० वर्षीय सन्तोष साह कानु र उनका आमा ४० वर्षीया शान्ति देवी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार बाख्रा चराउन गएकी ९ वर्षीय रुपमाला लाई प्यास लागेपछि पानी खान नजिकैको कुखुरा फारममा गएको बेला सन्तोषले उनिसँग जबर्जस्ती बलात्कार गरेका थिए । सन्तोषले बलात्कार गरे पछी घटना बाहिर आउने कारणले बालिकाको हत्या गरेका थिए । त्यसपछी घटना बारे आफ्नी आमा शान्तिलाई जानकारी गराएको अनुसन्धान मा खुलेको प्रहरी प्रब्क्ता थापाले बताउनु भयो । आमाले पनि अपराध लुकाउन र प्रमाण नष्ट गर्न बालिकाको शव खोलासम्म पुर्याउन सहयोग गरेका हुन ।

उक्त घटनामा तालिम प्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालय बाट प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा अनुसन्धान गर्दा सन्तोषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले घटना स्वीकार गरेको प्रहरी प्रवक्ता थापाले बताउनु भयो ।

पक्राउ परेका दुबै लाई ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर