कलैया । सर्लाहीमा यात्रु बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । 

जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ९ नोचा स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस दिउँसो मङ्गलबार दिउँसो अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटना पश्चात् घाइते भएका मध्ये एकको अवस्था गम्भीर छ भने १५ जनाको अवस्था सामान्य रहेको छ । १५ जनाको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । 

गम्भीर घाइते भएका महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीया विमला सेन्चुरीलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर