
साजिर मन्सूर
कलैया,माघ६
जिल्ला कृकेट संघ बाराको अध्यक्षमा पुनः प्रभात कुमार चौरसिया निर्बिरोध निर्वाचित भएका छन । संघको ५ औ अधिवेशनबाट चौरसिया दोश्रो कार्यकालका निमित अध्यक्ष चुनिएका छन । अधिवेशन बाट उपाध्यक्षमा पुर्व रास्ट्रीय कृकेट टोलिका कप्तान पवन अग्रवाल,सचिवमा अनिल कुमार चौगाई,कोषाध्यक्षमा सुभास जैसवाल,सदस्यहरुमा क्रमशः दिनेश श्रेष्ठ,तसरुदिन मिया मन्सूर,समीर ठाकुर,नेपाली रास्ट्रीय कृकेट टोलिका पुर्व कप्तान एवम क्यानका म्यानेजर बिनोद दास,जट्टाशन्कर सरार्फ,गणेश साह,महमद सबिर,दिलिप चौधरी,जितेन्द्र यादब र बिकास लाल दलि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिका सम्योजक सुर्यजित सिंहले जानकारी गराएका छन ।