
साजिर मन्सूर,कलैया । जिल्ला कृकेट संघ बाराको ५ औ साधारणसभा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको श्री सिदेस्वर खेल मैदानको ताराचन्द पबेलियन भवनमा साधारण सभा सम्पन्न भएको हो ।
सो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंहले बारा कृकेट संघ को बर्तमान पदाधिकारीले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै धन्यवाद दिदै कृकेटमा नेपालकै उर्वर भुमी मानीने बारा कृकेटको बिकासका लागि सम्बन्धित निकायहरुमा आवस्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।
सिंहले बाराली कृकेटले देशको खेल जगतमा हमेशा महत्वपुर्ण भुमिका खेल्दै आएको र सो को निरन्तरताका लागि बाराका हरेक स्थानिय सरकारले र प्रतिनिधि सभा सदस्य एवम प्रदेश सभा सदस्यले ईमान्दारिताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रत्येक ३/३ बर्षमा गरिने अधिवेशन बाट कृकेट खेलका लागि बिकास चाहने पदाधिकारी मात्र आएर खेल र खेल जगतको बिकास हुने उपस्थित खेलाडी तथा खेल प्रेमिहरुको धारणा रहेको कलैया कृकेट क्लबका अध्यक्ष तासिरुदिन मन्सूरले बताएका छन । साधारणसभामा संघको सचिव अनिल चौगाईले साङ्गाठनिक प्रतिबेदन पेश गरेका थिए । त्यस्तै सो अवसरमा कोषाध्यक्ष सुभाष प्रसाद जैसवालले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
संघ बाराका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षता एवम जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
केन्द्रिय प्रतिनिधि एवम कृकेट संघ प्रदेश २ का सचिव आयुश श्रेष्ठ,नेपाली रास्ट्रीय कृकेट टोलिका पुर्व कप्तान एवम क्यान का म्यानेजर बिनोद दास,प्रदेश २ का प्रमुख छनौटकर्ता मुर्तुजा हवारी,पुर्व अन्तरास्ट्रीय खेलाडीहरु समीर ठाकुर,बिकास दलि,अधिवेशन निर्वाचन अधिकृत सुर्यजित सिंह,कलैया सिटि जेसिजका अध्यक्ष शम्भु गुप्ता, महासचिव पवन कुश्वाहा सहित खेल प्रेमिहरुको उपस्थिति रहेको थियो ।
नेपाली रास्ट्रीय कृकेट टोलिका पुर्व कप्तान तथा जिल्ला कृकेट संघ बाराका उपाध्यक्ष पवन अग्रवालले स्वागत गरेको कार्यक्रमको उदघाटन पन्कज पाण्डेले गरेका थिए । आज नै बन्द शत्रबाट सर्व सम्मति गरेर बर्तमान अध्यक्ष चौरसियालाई अध्यक्ष को जिम्मेवारी दिइने सहमती नभए आजै निर्वाचन हुने सदस्य सानू थापाले बताए ।