साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिकामा रहेका घर पालुवा एवम समाजिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम सन्चालनमा रहेको छ।

स्थानिय तहको समन्वयमा सन्चालित यो कार्यक्रममा अहिले सम्म ६० वटा कुकुरको बन्ध्याकरण र रेबिज रोगको सुई लगाईसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाराका डा.सुनिल यादबले जनाएका छन ।

यादव ले यो अभियानका क्रममा कम्तिमा १२५ वटा कुकुरको बन्ध्याकरण र रेबिजको सुई दिने लक्ष्य रहेको बताएका छन । यो कार्यक्रमले कुकुरको संख्या नियन्त्रण हुने र रेबिज रोग नियन्त्रण गर्न सकिने कार्यालयले जनाएको छ । कार्यक्रम २ दिन चल्ने डा. यादबले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर