साजिर मन्सूर,कलैया । मानिस असल र राम्रो हुनका लागि उसको व्यवहार राम्रो हुनुपर्ने प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य एवम लोसपा संसदीय दलका नेता पुर्व मन्त्री जितेन्द्र सोनलले बताएका छन । कलैया जेसीज वर्ष २०२१ ले २०२२ लाई पद हस्तान्तरण गर्ने क्रममा सांसद सोनलले जेसीजको सिद्धान्त र विचारमा युवाहरु जोडिनुपर्ने बताउनुभयो । कलैया स्थित होटेल करन राज प्यालेसमा आयोजित कार्यक्रममा युवाहरु हरेक कुरामा सवल र सक्षम छन् भन्ने कुराको पुष्टि कलैया जेसीजले गरेको र समाजको समग्र बिकासका लागि जेसिजको भुमिका महत्वपूर्ण रहने सोनलले बताए ।
पदहस्तान्तरण कार्यक्रममा शुभकामना दिदै जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंहले जेसीज अनुशासित युवाहरुको संस्था भएकाले कुलत र दुब्र्यसनीमा फसेका युवाहरुको जीवनशैलीलाई सुधार्न भूमिका निर्वाह गर्नुपर्नेमा महत्वपूर्ण भुमिका खेल्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा कलैया जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताले आफ्नो कार्यकालमा बनाइएका योजना थुप्रै रहे पनि धेरै नै कार्यक्रम सम्पन्न गरेको बताउदै कोभिडले धेरै काम गर्न नदिएको प्रती दुखित रहेको बताए । गुप्ताले अब आउने अध्यक्ष लाई समेत आफुले हरदम सल्लाह सुझाव दिने र संस्थाको बिकासका लागि सदैव लागिरहने प्रतिबद्धता जनाए ।
कलैया जेसीज बर्ष २०२२ को अध्यक्षमा जेसी सन्दिप बरै निर्वाचित भएपछि अब कलैया जेसिज ले अझ फड्को मार्ने माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले बताएका छन । साहले जेसिजले गर्दा आज कलैयामा स्पस्ट बक्ता सहितको युवा राजनितीमा टेवा पुर्याउने गरेको बताएका छन ।
अध्यक्ष बरैले पद ग्रहण पछि बोल्ने क्रममा कलैया जेसीजले अबको दिनमा युद्ध स्तरमा समाजिक काम गर्ने बताएका छन ।
बरैले यस क्षेत्रमा रहेका बिभिन्न सामाजिक उदेश्यका संघसंस्थासँग सहकार्य गर्दै युवाको नेतृत्व तथा ब्यक्तित्व बिकास सहित सामाजिक क्रियाकलाप गर्ने बताएका छन ।
२०२१ का अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाको नगर उप प्रमुख रहिमा खातुन,कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश महतो,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह,लायन्स क्लब अफ कलैयाको सचिव सुर्यजित सिंह,लोसपाका नेता श्याम गुप्ता,बिबेकशिल साझा पार्टी बाराका सम्योजक डा. सुशील कुमार साह,लोसपा नेता जयप्रकाश साह,मात्री शाखा बिरगंज जेसिजका अध्यक्ष अमृत गौरो,कलैया उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख दिवाकर झा,एनएमबि बैंक कलैयाका प्रमुख निरज कर्ण सहित जेसिजका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रम सम्योजक तथा वरिष्ठ उपाध्यक्ष सुबाश जयस्वाल ले बताए ।
उक्त अवसरमा हालका अध्यक्ष बरैले २१ जना लाई विभिन्न पदमा मनोनीत गरेका छन । यसरी मनोनीत हुनेमा थिम डाईरेक्टर उमेश साह गोढ,खेलकुद सम्योजक आशिष गुप्ता,मिडिया कोर्डिनेटर सावित्री शर्मा,जन सम्पर्क सम्योजक दिपेन्द्र गुप्ता,सामुदायिक कार्यक्रम सम्योजक नेजामुदिन अन्सारी,तालिम सम्योजक रोशन श्रीवास्तव,काअर्य समिति सल्लाहकार बैजु दास,कानुनी सल्लाहकार बिजय गिरि,कोषाध्यक्ष पवन कुश्वाहा,महासचिव सन्दिप साह,अध्यक्ष सल्लाहकार रामबाबु कुश्वाहा,बिपिन चौधरी,प्रमुख अध्यक्ष सल्लाहकार धनिलाल सरार्फ लगायतका रहेका छन ।
श्याम केशरिले स्वागत गरेको कार्यक्रमको सन्चालन जेसिजका महासचिव पवन कुश्वाहाले गरेका थिए ।