साजिर मन्सूर,कलैया । बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित मुख्य बजार को मुटुमा रहेको श्री हनुमान मन्दीरको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले उदघाटन गरेका छन ।

मन्दीर उदघाटन गर्दै नगर प्रमुख यादबले मन्दिर पहिला देखि भएपनी यसकोआधुनीक र बिशाल भौतिक संरचना को आवस्यकता महसुस गरि निर्माण गरिएको र यसबाट आफुहरु अत्यन्तै हर्षित भएको बताए । यादबले जिल्लाको मुटु मानिने कलैयामा यस्तो विशाल मन्दिर को सबैले महसुस गरेको र यसले धार्मिक तथा अध्यात्मिक बर्गको आकर्षण बन्दै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास लिएको बताए ।

धार्मिक श्रदालुहरुको आगमनले कलैयाको ब्यापारमा समेत सहयोग पुग्ने यादबले बताएका छन । मन्दिर निर्माण गर्न १ करोड ५० लाख लागत लागेको मन्दिर निर्माण समितिका अध्यक्ष बैजु दासले जानकारी गराए । मन्दिर निर्माणमा कलैया उपमहानगरपालिकाले २४ लाख,पुर्व सान्सद नेपाली काङ्ग्रेसका सह महामन्त्री फर्मुल्लाह मन्सूरले १० लाख,बर्तमान सान्सद रामबाबु कुमार यादबले १० लाख,कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले १० लाख,उप मेयर रहिमा खातुनले ७ लाख,सम्बिधान सभा सदस्य प्रमोद गुप्ताले ५ लाख,कलैया उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिॐ सोनारले १ लाख सहयोग गरेको निर्माण समितिका अध्यक्ष दासले जनाएका छन ।

उदघाटनको अवसरमा उपप्रमुख रहिमा खातुन,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा,वडा अध्यक्ष राजेश महतो,हरिओम सोनार,काङ्ग्रेस नेता दिपेन्द्र पटेल,नाजिर अन्सारी,शम्भु गुप्ता लगायत बजारका धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर