
प्रियंका दास, कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सन्चालित वडा स्तरिय कृकेट प्रतियोगिताको उपाधी औधापुरले जितेको छ । औधापुरले दोहरिलाई १३ रनको अन्तरले पराजित गरेको हो । श्री अमर माबी दोहरी मझौलियाको खेल परिसरमा भएको वडा भित्रको ८ टोल सहभागी प्रतियोगितामा लङडा,भवानिपुर,औधापुर,दोहरी,सानो दोहरी,कवलपुर,झिटकैया र मझौलिया टोल सहभागी रहेको वडा अध्यक्ष राजेश महतोले जनाएका छन । आज भएको फाईनल खेलमा टस जितेर निर्धारित १२ ओभरको खेलमा ब्याटिङ गरेको औधापुरले ८ बिकेटको छतिमा ८३ रन बनाएको थियो । औधापुरको लागि रोहन साहले २५ रन,आशुतोश पटेल १९,निरज यादव १४ रन बनाएका थिए । बलिङ्ग तर्फ दोहरिका लोकेश यादवले ३ बिकेट र औधेस साह,रबिन्द्र मन्डलले समान २/२ बिकेट लिएको आयोजकका अभिषेक साहले जनाएका छन ।
जवाफी ब्याटिङ्ग्मा उत्रेको दोहरिले ७१ रन मात्र बनाउन सक्यो । दोहरिका लागि दिपेन्द्र मण्डल २६ रण दिपक मण्डल १६ रन लोकेश्यादब १२ रन बनाउन बाहेक कसैले दोहोरो अन्कमा रन बनाउन सकेन । औधापुरका लागि निरज पास्वान ३ बिकेट,निरज साह ४ बिकेट र आशुतोश पटेलले १ बिकेट लिएका थिए । बिजेताले नगद २ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको त्यस्तै दोश्रो हुनेले नगद १५ सय सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ। फाईनल खेलको उत्कृष्ट खेलाडी रोहन साह चुनिएका छन ।
वडा अध्यक्ष राजेश महतोले अहिलेको बढ्दो कृकेट खेल प्रतिको युवा जमातको रुचि र यसको विश्व ब्यापी आकर्षणलाई मध्यनजर गरि वडाभित्रका प्रतिभावान खेलाडी छनौट गर्न लाई प्रतियोगिता आयोजना गरिएको बताएका छन । महतोले खेलाडी छनौट गरि खेलकुद सामग्री समेत उपलब्ध गराईने योजना अनुरुप प्रतियोगिता गराएको बताए । महतोले वडा भित्रका सबै टोलका खेलाडी हरुलाई खेल सामग्री हस्तान्तरण गरिएको समेत बताएका छन । खेलकुद बिकासले युवाहरूलाई अनुशासनमा राख्नुका साथै कुलत मा फस्न नदिनेमा समेत आफू बिश्वस्त रहेकाले आफुले सारा युवाका लागि खेलकुदमा लगाउने बाताबरण बनाईरहेको बताए । प्रतिभावान खेलाडीहरु लाई आफुले चाहिने सहयोग उपलब्ध गराईरहेको र यसले सबलाई खेलकुदमा हौसला दिएको बताएका छन । सोही अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला कृकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाले सानो खेल मैदानमा समेत राम्रो किसिमले प्रतियोगिता सन्चालन गरेर खेलाडी उत्पादनमा पुर्याएको योगदानलाई कदर गर्दै वडा अध्यक्ष महतोलाई धन्यवाद दिए । वडा अध्यक्षले उत्कृष्ट काम गरेको र वहालाई फेरि वडा का जनताले जिताउने आफुले वडा घुम्दा पाएको प्रमुख अतिथि चौरसियाले बताएका छन ।
यस अगाडी वडा अध्यक्ष राजेश मन्डलको अध्यक्षता एवम जिल्ला कृकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाको प्रमुख आतिथ्यमा भएको फाईनल खेलको उदघाटनमा बिशिस्ट अतिथि जिल्ला कृकेट संघ बाराका कोषाध्यक्ष सुभाष जैस्वाल,काङ्ग्रेस कलैया नगर उप सभापति नुरहषन मन्सूर,कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरै,नेपाल प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,वडा सदस्यहरु दिपेन्द्र यादब र किशोरी महतो,वडा सचिव रबिन्द्र साह,दोहोरी बिधालयका ब्यवस्थापन समिती अध्यक्ष बिपिन सिंह,शिक्षक गङ्गा सागर कुश्वाहा,समाजसेवी रामध्यान महतो,अवधेश महतो,भेटेनरीका श्रीनिवास यादब,कार्यालय सहयोगी खेदु महतो,राजदेबी प्राबी पकडिका प्रधानाध्यापक मनोज चौधरी,पत्रकार प्रभु यादव लगायतकाको उपस्थिति रहेको थियो ।