कलैया । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साह रहेका छन् ।

उनीहरु सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–४ मा बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर