कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २५ इनर्वामा छठ पर्व को दिन दुई पक्षबीच भएकाे झडपमा परी घाइत भएका १८ वर्षीय राधेश्याम राउत कुर्मी काे एन एस न्युरो तथा जेनेरल होस्पिटल मा मृत्यु भए पछी उनको परिवारलाई कलैया उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवले मृतकका बुवा राजकुमार राउत कुर्मीलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त चेक हस्तान्तरण गर्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह र कलैया उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष लतिफ मिया ठकुराइको उपस्थिति रहेको थियो ।

यता जिल्ला प्रशासन कार्यालय बाराले पनि उनको क्षतिपुर्ती तथा उपचार खर्च दिलाउन गृहमन्त्रालय समक्ष परिपत्र गरेको छ । प्रशासनले मृतक पटेलको उपचार खर्च ११ लाख २४ हजार २० रुपैयाँ तथा मृतक परिवारले पाउनु पर्ने १० लाख क्षतिपुर्तीको रकम निकासा गर्न गृहमन्त्रालय लाई पहल गर्ने निर्णय गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर