
कलैया । बारामा ३५ सय घुस सहित एक वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साह घुस रकम सहित पक्राउ परेका हुन ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा साह लाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।