
कलैया । बारामा पनि जनयुद्ध दिवस मनाइएको छ ।सदरमुकाम कलैयामा नेकपा माओवादी केन्द्र कलैया नगर कमिटीले भरत चैकमा जनयुद्ध दिवस मनाएको हो ।
कलैयाको मुख्य चौक भरत चौकमा नेकपा माओवादी कलैया उपमहानगर नगर कमिटी का अध्यक्ष मुकेश साहको अध्यक्षता दिप प्रज्वलन गरि २७ औं जनयुद्ध दिवस मनाइएको छ । उक्त दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता को सहभागिता रहेको थियो ।
यता तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको मधेस प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाएको छ ।जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको थियो । नेकपा माओवादीले २०५२ फागुन १ गते चारवटा प्रहरी चौकीमा पहिलो फौजी कारबाही गरेर जनयुद्ध घोषणा गरेको थियो । जनयुद्ध २०६३ मंसिर ५ गतेबाट अन्त्य भएको थियो ।