सर्लाही । आगोमा जलेर सर्लाहीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका-८ शंकपुरका ६६ वर्षीय रामआशिष साह रहेकोे प्रहरीले जनाएको छ ।
आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साहलाई छिमेकीले तत्कालै उद्धार गरेका थिए । उनको उद्घार भए पनि सोमबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक साहको केही समय अगाडिदेखि नै शरीरको एउटा साइड प्यारालाइसिस थियो ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिएका छन् ।