कलैया । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवदी पार्टी का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव सहित मन्त्रीहरुको टोलि र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुसहिको टोली आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण स्थलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेकोे टाँगियाबस्तीको निरिक्षण गरेको छ । अन्तराष्टिय विमान स्थल निर्माण गर्न उक्त टोलिले सरकारी योजना सुनाउँदै बस्तिको उचित ब्यवस्थापन गर्ने विषयमा स्थानियसँग अन्तरक्रृया समेत गरेको छ ।

उक्त अन्तरक्रियामा पुर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकारले निजगढ विमानस्थलको कामलाई तिव्रता दिने र आफू यस काममा पहल गर्ने समेत बताए । उनले वस्ती का मानिसलाई उचित बासस्थान दिने समेत आश्वासन ब्यक्त गरेका छन् ।

उक्त समुदायका जनतालाई उच्च प्राथमिकतामा राखेर स्थानातरण गर्ने विषयमा सरकार गम्भिर ढंगले लागेको र स्थानियको उचित ब्यवस्थापन गर्दै विमानस्थल निर्माणलाई तिब्रता दिने पर्यटन मन्त्री आलेले जानकारी दिएका छन् । यद्यपि उक्त बस्तीमा १ हजार ४७६ बढी घरपरिवारमा १२ हजारबढी मानिस बसोबास गर्दै आए पनि हालसम्म बत्ति विजुली, टेलीफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रोे सुविधा छैन ।

निरीक्षण को क्रममा नागरिक संकृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामशहाय यादव,नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित मधेस प्रदेश र बागमती प्रदेशका मन्त्रीहरु सचिवहरु लगायतको सहभागीता रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर