धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–६ मालटोलका ४२ बर्षीय रामबहादुर गोले मगर रहेका छन् । त्यस्तै उक्त दुर्घटनामा परि सिरहाको कर्जन्हा नगरपालिका–५ बस्ने २४ बर्षीय अभिषेक घिमिरे घाइते भएका छन् । शनिवार साँझ धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज १२ प १६७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको धनुषाको मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाइते बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक घिमिरेको मोडेल हस्पिटलमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर