काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।