
साजिर मन्सूर,कलैया । अहिलेको समयमा सबै खाने कुरा सहित फलफूलमा समेत विभिन्न खालका औषधिको प्रयोग गरेर उत्पादन गरि बजारमा बेचिने होड चलिरहेका बेला आउदै गरेको महाशिवरात्री को मेलामा बेच्न भन्दै केरालाई प्राचीन बिधिले बकाईदै छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सिदेस्वर नाथ महादेव मन्दिरमा यहि फाल्गुन १७ गते लाग्ने मेलाका लागि केरा पकाउन लाई जमिन मुनि खाल्डो खनेर त्यसैमा राखी धुवाँले केरा पकाउन लागिएको हो । केरा ब्यापारी गौर नगरपालिका ६ सबगडहा चौकका जफरे आलमले लाल बकैया किनारका एक टायर केरा ल्याएर सिदेस्वर मन्दिरको आँप बगैंचामा खाल्डो खनेर पकाउन लागेका हुन ।
आलमले सो केरा चार दिनमा पाक्ने बताउदै त्यसका लागि खाल्डोमा पराल,कागज,गहुँको भुसा आदिको प्रयोग गर्ने गरेको बताएका छन । आलमले यसरी केरा पकाउदै गर्दा दैनिक एक सय भन्दा बढी ब्यक्ति रुचिका साथ देख्न आएकोमा आफुहरुलाई उत्साह थपिएको बताएका छन । यता यसरी पकाएको केराको प्रयोग गर्दा स्वास्थमा समस्या नहुने र प्राकृतिक किसिमले प्रयोग गरे जस्तै हुने कलैयाका सफल किसानमा गनिने प्रदिप कुमारले बताएका छन ।
गुप्ताले स्थानिय सरकारले समेत यस प्रकारको परम्परागत बिधिको संरक्षण सम्बर्द्धन गर्नुपर्ने बताए । कलैया उपमहानगरपालिकाका बाताबरण शाखा प्रमुख रामजी मण्डलले समेत यो बिधिको प्रसंशा गर्दै यसको प्रचार गरेर अनावश्यक रुपमा कार्वाईटको प्रयोग भएर पकाईने कुनै पनि फलफूल प्रयोग गर्न बाट बच्नुपर्नेमा जोड दिएका छन । मण्डलले हाम्रो समाजमा उत्पादन भैइरहेका तरकारी तथा अन्य उपजहरुमा प्रयोग भैरहेका बिषाधिले समेत बाताबरण दुषित हुनाका साथै शरीरमा गम्भीर प्रकारका रोग लागिरहेको बताउदै सबैले यश तर्फ ध्यान दिदै प्राङ्गारिक मलको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन ।