
कलैया । ट्याक्टरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१४ राधापुर बस्ने अर्जुन पौडेल रहेको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।