
साजिर मन्सूर,कलैया । प्रसौनी गाउँपालिका द्वारा ११२ औ अन्तरास्ट्रिय महिला दिवस धुमधामका साथ मनाईएको छ । गाउपालिका भवनको अगाडी आयोजित कार्यक्रममा महिलाहरुको हक र अधिकारको मात्र कुरा नगर्ने भन्दै पालिकाले ६ वटा माबि र १ एउटा निमाबी लाई गरि ७ थान एटीएम सेनेटरी प्याड तथा प्रयोग भएको सेनेटरी प्याड जलाउने मेसिन बितरण गरिएको गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले जनाए ।
गुप्ताले गाउपालिकाको सबै माबी तहका बिधालयमा रहेका छात्राहरुको ध्यानमा राखी मासिक रुपमा हुने महिनावारि समस्याले गर्दा बिधालय छोड्नुपर्ने अवस्थाको अन्त्य गराउन यो कार्यक्रम ल्याएको बताए । गाउपालिका अध्यक्ष गुप्ताले प्रसौनी गाउपालिकाको समग्र महिला दिदिबहिनिहरुका लागि एक से एक राम्रा योजना ल्याएको र यसलाई निरन्तरता दिदै जाने बताए ।
७ वटा मेसिनको कुल लागत रु.८ लाख लागेको जिन्सी शाखा प्रमुख लक्ष्मी प्रसाद कलवारले जनाए । गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत केशरिले एक दिन मात्र नारिको चर्चा र अधिकारको कुरा नगरी सबै ३६५ दिन नै यो काम गर्नुपर्ने बताए ।
बेङ्गा साह माबी प्रसौनी,सरस्वती माबी बेलहिया,नेरा माबी प्रस्टोका,नेरा माबी बन्जरिया,नेरा माबी खुटवा र नेरा माबी बेलहिया लाई गाउपालिकाले एटीएम सेन्टरी प्याड मेसिन बितरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरिले जनाए ।
सो अवसरम गाउपालिकाका सबै महिला कर्मचारीहरु निशा थापा,चन्दा कुमारी साह,कृष्ण चौधरी,देवमुएअत देबि,कबिता देवकोटा न्यौपाने,प्रेमा कुमारी थापा सङिता कुम्हाल लाई समेत सल सहित कदर पत्रले सम्मान गरिएको गाउपालिका उपाध्यक्ष गिता साहले बताईन । साहले महिला कर्मचारीहरुलाई यसरी सम्मान गर्न पाउँदा आफैमा खुसी लागेको र यसले वहाहरुले गाउपालिकाको कार्यसम्पादन मा अझ ससक्त रुपमा काम गर्ने बिश्वास लिएको बताईन । उपाध्यक्ष साहले कुनै पनि पालिकाले यसरी सम्पुर्ण महिला कर्मचारीहरुलाई सम्मान गर्न नसकेको बेला यो आफैमा नौलो भएको बताईन ।
कार्यक्रममा वडा अध्यक्षहरु लालबाबु मुखिया,सुरेश गुप्ता,बैजनाथ प्रसाद साह,आनन्द गुप्ता,सनैत साह,बृजकिशोर साह र राममणी गुप्ता,ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरि नायब निरीक्षक नारायण भट्टराई,समाजसेवी समसुदिन अन्सारी, सहित गाउपालिकाका ५ सय महिलाहरुको उपस्थिति रहेको गाउपालिकाका लेखा अधिकृत प्रेमबाबु प्रसादले जनाए ।
वडा नम्बर २ का अध्यक्ष सुरेश साहले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए ।