साजिर मन्सूर,कलैया । बाराको चर्चित ग्रामीण उत्थान अभियान कलैया संस्था द्वारा ११२ औ अन्तरास्ट्रिय नारी दिवसका अवसरमा कलैया बजारमा र्याली निकालिएको छ । र्याली नगर परिक्रमा सहित महिलाहरुको हल अधिकारका निमित सरकारलाई विभिन्न माग सहित ज्ञापनपत्रसमेत बुझाएको आयोजक संस्थाका अध्यक्ष मोकद्दम अन्सारीले बताएका छन ।
अन्सारीले मास्क सङ्गै सहित निस्केको ३ सय महिलाहरुको र्यालिले महिला विभेद अन्त्य गर,महिला पुरुष बराबर,कागजमा मात्र हैन ब्यवहार मा हाम्रो उपस्थिति कायम गर लगायतका नारा सहित र्याली निकालेर अन्त्यमा जिल्ला प्रशासन कार्यालय बारामा पुगेको अन्सारीले जनाए । महिलाहरुका तर्फबाट कलैया उपमहानगरपालिका को उप प्रमुख रहिमा खातुन र आयोजक संस्थाका अध्यक्ष अन्सारीले सो ज्ञापन पत्र बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवाल लाई बुझाएका थिए । ज्ञापन पत्र बुझाउदै सरकारले आउदै गरेको स्थानिय निर्वाचनमा महिलाहरुको लागि छुट्याएको कोटा पुर्ण कार्यान्वयन गर्न र उम्मेदवारी दस्तुरमा समेत ५०% छुट गर्न माग गरिएको छन । ज्ञापनपत्रमा महिलक लागि अनुकुल विभिन्न खालका माग गरिएको अन्सारीले जनाएका छन ।
यस अगाडी समेत संस्थाले आम किसान समक्ष कोरोना खोप को पुर्ण मात्रा लिए नलिएको बारे तथ्यांक समेत संकलन गरिएको बताएका छन । संस्थाले बारामा निरन्तर समाजिक सेवामा काम गर्दै आएको छ। ज्ञापनपत्र बुझाउन आयोजक ग्रामीण उत्थान अभियान कलैया सहित ग्रामीण गरिबी निवारण केन्द्र कलैया,कलैया ज्ञान बाटिका एकेडेमी प्राली बारा,साक्षर सामुदायिक सिकाई केन्द्र कलैया,श्री महागढिमाई सिकाई केन्द्र कलैया लगायतको संस्थाहरुले र्यालीमा सहभागी भएका थिए ।
समता न्याय र शान्तिका लागि कार्य गर्ने संस्था टेवा धापाखेल काठमाडौको सहयोगमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मोकद्दम अन्सारीले जनाए ।