साजिर मन्सुर,कलैया । प्रसौनी गाउँपालिकामा आयोजित होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर १ मा रहेकोे ज्ञान ज्योति प्राथमिक बिधालयमा लोकतान्त्रिक समाजवादी पार्टी प्रसौनी कार्यसमिति द्वारा आयोजित होलि को अवसरमा रंग , अविर एक आपसमा लगाएर शुभकामना आदानप्रदान भएको थियो ।

हिन्दुहरुका सनातन पर्वहरु मध्य होली सबैको साझा पर्वका रुपमा रहेकाले यसको आफ्नै गरिमा रहेको कार्यक्रमको प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष माननीय जितेन्द्र सोनलले बताए । उनलेे नेपाली समाजमा एकता वचाई राख्न पनि यो पर्व महत्वपूर्ण रहेको बताए ।

लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा र बिशिस्ट अतिथि संघिय सांसद माननीय एकबाल मिया, बिशिस्ट अतिथि लोसपा बारा क्षेत्र न .४ को क्षेत्रीय अध्यक्ष सिताराम प्रसाद गुप्ता को रहेकोे थियो । कार्यक्रममा प्रसौनी गाउँपालिका का अध्यक्ष भोला गुप्ता , परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह , उपाध्यक्ष गिता शाह , वडा अध्यक्षहरु,लोसपा नेता प्रमोद शाह , बृजकिशोर साह ,चन्देश्वर कुशवाहा,रमेश सराफ, राजेन्द्र साह लगायत नेता कार्यकार्ताहरु तथा स्थानीयको उपस्थिती रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर