सिरहा । सिरहामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् । त्यस्तै घाइते हुनेमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् कार चालक फरार रहेका छन् । उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर