कलैया । जनता समाजवादी पार्टी (जसपा) ले प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

पर्सा जिल्लाबाट प्रतिनिधि सभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर