कलैया । बारामा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको मुत्यु भएको छ ।
प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ तरकारी बजार स्थित मागी खादै हिड्ने अन्दाजी ५५ वर्ष को पुरुष भुइँमा लडिरहेको देखि स्थानीयहरुले प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा उपचारको लागि लगेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापा का अनुसार त्यि पुरुष को गए राति ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा मृत्यु भएको हो । उनको नाम र ठेगाना हाल सम्म पनि नखुलेको थापाले बताए । मृतक को शव प्रादेशिक अस्पताल कलैया मा ल्याइएको छ ।