कलैया । कलैया उपमहानगरपालिका एक वडा अध्यक्ष पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । वडा अध्यक्ष जयसवाल माथि करिब ३० जना भन्दा बढी जनाको करोडौं बाकी रहेको बुझिएको छ । ३ जनाले अहिले क्रमश ८ लाख,१० लाख र २० लाखको चेक बाउन्स गरेर मुद्दा गरेका छन ।
उनलाई प्रहरी ले बैंकिङ कसूर मुद्दामा अदालत बाट ५ दिन म्याद थप गराई हिरासत मा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक थापाले बिश्वास एफ एम लाई जानकारी दिएका छन् । संयोग आजै वडा कार्यालयको नव निर्मित भवनको उदघाटन गराएका जयसवाल आजै प्रहरी खोरमा जानुलाई दुर्भाग्य भएको एक जना जनप्रतिनिधिले बताए ।