
कलैया । विश्व प्रसिद्ध गढीमाई मन्दीर क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव को उपस्थितिमा आज एक कार्यक्रमका बीच मन्दीर क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
उक्त वृक्षारोपण पश्चात् नगर प्रमुख यादवले रोपेका विरुवाको संरक्षण भएमा मात्रै लक्ष्य प्राप्त हुने बताउनु भएको छ । उनले वातवरण स्वच्छ र हरियाली बनाउने काम वृक्षरोपणले गर्ने बताउनुभयो ।
मन्दीर क्षेत्रमा बिभिन्न थरिका आपँ, लिच्ची, निम, पिपल र गोल्ड मोहर फ्लावर लगायतका बोटहरू रोपिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका सञ्चालक फिरोज अन्सारी, श्री गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालयका अध्यक्ष दिपप्रकाश गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजनम यादव, नेता धिरेन्द्र सिंह, रामनारायण यादव, प्रभु कुशवाहा लगायत स्थानीयको सहभागीता रहेकोे थियो ।