जनकपुर ।प्रदेश विश्वविद्यालयसम्बन्धी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा समितिका सभापति शैलेन्द्रकुमार यादवले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विद्येयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विद्येयकसम्बन्धी अध्ययन प्रतिवेदन पेस गर्नुभयो ।

अध्ययन समितिको प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थागित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो । प्रदेशसभाको अर्काे बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर