साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ३ बाट वडा अध्यक्ष पदको लागि काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ । वडा समितिका अध्यक्ष महेश गुप्ताको सभापतित्वमा भएको बैठकले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा अध्यक्ष पदका लागि १० जना को नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा यस अगाडि पनि चुनाव लडेर पराजित भएका बुथ सभापती महेश गुप्ता सहित काङ्ग्रेस बाराको जिल्ला कमिटी सदस्य योगेन्द्र प्रसाद कुश्वाहा,पुर्व जिल्ला कमिटी सदस्य प्यारेलाल साह,उधोग बाणिज्य महा संघ बाराका महासचिव राम अशिश साह,ओबिसी महा संघ बाराका पुर्व उपाध्यक्ष राजेश साह,नेबि संघका पुर्व चर्चित नेता सन्जय साह,नेपाल तरुण दलको पुर्व कलैया नगर अध्यक्ष अख्तर मन्सूर,कलैया उपमहानगरपालिकाको कार्यपालिका सदस्य मोहन साह,नेपाली रास्ट्रीय कबडीका पुर्व रास्ट्रीय कोच तथा कलैया कृकेट क्लबका अध्यक्ष तासिरुद्दिन मन्सूर र तरुण दल बाराका पुर्व सदस्य कामेश्वर प्रसाद रहेको काङ्ग्रेस नेतृ सलमा खातुनले जानकारी गराईन ।

काङ्ग्रेसको गढ मानिने कलैया ३ पछिल्लो समयमा आन्तरिक कलहले अध्यक्ष पद गुमाउनु परेकोले हामी अत्यन्तै गम्भीर भएको र यो चुनावमा काङ्ग्रेस वडा नम्बर ३ मा भारी मतले बिजयी हुने काङ्ग्रेस छेत्र नम्बर ३ का पुर्व सभापती काङ्ग्रेस नेता फुलमहमद मन्सूरले ठोकुवा गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर