
साजिर मन्सूर कलैया,बैशाख ८
बालबालिका र बिधालय छेत्र शान्ती छेत्र हुन भन्ने नारा सहित बारा सदरमुकाम कलैयामा स्थानिय तहको निर्वाचन र बालबालिकाका सवालमा अन्तरक्रिया सम्पन्न गरिएको छ । खासगरी बालबालिकालाई आसन्न स्थानिय तह निर्वाचन २०७९ मा कहिकतै कुनै पनि राजनितीक दलले प्रयोग गर्न हुदैन र गरे आचारसंहिता बिपरित हुने सो अवसरमा चर्चा गरिएको छ । सो अवसरमा राजनीतिक दलका प्रतिनिधिहरुले हामिले बालबालिकालाई प्रयोग नगर्ने र गर्न नदिन सबै पार्टीका नेता कार्यकर्तालाई पत्राचार गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा काङ्ग्रेस बाराका सचिव राजेश रौनियार,एमाले उपाध्यक्ष टिना सुवेदी,जसपा बारा सचिव मुर्तुजा अन्सारी,राप्रपा जिल्ला सचिव लालबाबु साह,नेकपा एकीकृत समाजबादिको बारा सचिव बिक्रम ठाकुर,लोसपा जिल्ला सह सचिव शम्भु कुमार गुप्ता,माओवादी केन्द्र कलैया नगर उपाध्यक्ष रमेश साहले संयुक्त रुपमा नै बारामा बालबालिका को प्रयोग गर्न रोक्ने प्रतिबद्धता जनाएका हुन । कार्यक्रमको सहजीकरण बालबालिका शान्ती छेत्र रास्ट्रीय अभियानका रास्ट्रीय अध्यक्ष राजेश शर्माले गरेका थिए । संरक्षण नेपाल को अध्यक्ष ब्रीजमोहन कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा आस्मान नेपालको अभियन्ता रकि प्रसाद साह,सन्चारकर्मिहरु,शिक्षक प्रतिनिधि पारस जयस्वाल,संरक्षण नेपालका कार्यक्रम सन्योजक मुकेश कुश्वाहा लगायतकाको उपस्थिति रहेको थियो ।
संरक्षण नेपालको आयोजना एवम बालबालिका शान्ति छेत्र रास्ट्रीय अभियान,कन्सोटियम् नेपाल र आस्मान नेपालको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।