साजिर मन्सूर
कलैया,बैशाख १८

आसन्न स्थानीय तह चुनाव २०७९ को लागि नेपाली कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा नेपालि काङ्ग्रेस प्रचारप्रसार सम्पर्क कार्यालयको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । काङ्ग्रेस बाराका नेता एवम पुर्व जिल्ला कमिटी सदस्य प्यारेलाल साह कानु र नव निर्वाचित जिल्ला उप सभापति मनोज भट्टले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका हुन । कलैया ३ स्थित भवानिपुर टोलमा काङ्ग्रेसले चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको स्थापना गरेको हो । काङ्ग्रेस वडाको बुथ सभापती महेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस नेता जिल्ला कमिटी सदस्य योगेन्द्र कुश्वाहा,पुर्व छेत्रीय सभापती फुलमहमद मन्सूर,उधोग बाणिज्य संघ बाराको महासचिव राम अशिश साह,काङ्ग्रेस नेताहरु जगदिश हवारी,नाजिर अन्सारी,कामेस्वर पटेल,अख्तर मन्सूर,राजेश गुप्ता,बैनाथ साह,लालबाबु राउत,समाजसेविहरु हाजी राजमहमद मन्सूर,जगदिश यादव,रामचन्द्र साह कानु सहित नेता कार्यकर्ता को उपस्थिति रहेको थियो । काङ्ग्रेसको गढ मानिने कलैया ३ मा काङ्ग्रेसले अन्तरास्ट्रिय कबड्डि खेलाडी एवम पुर्व रास्ट्रीय कोच तसरुदिन मिया मन्सूरलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाएको छ भने वडा सदयहरुमा क्रमशः औसान मिया मन्सूर,शिवचन्द्र प्रसाद कुर्मी,तारादेबी सहनी र चुन्नी देबि पास्वान लाई उम्मेदवार बनाएको छ । यस अघि आन्तरिक कलहका कारण वडा अध्यक्ष पद जित्न नसकेकामा दुख ब्यक्त गर्दै काङ्ग्रेसका स्थानिय नेताहरु तनमन धनले ईमान्दार,स्वच्छ छबिका शालिन उम्मेद्वारहरुको प्यानल लाई कलैया ३ का जनताले जसरी पनि जिताउने बिश्वास ब्यक्त गरेका छन । नेताहरुले वडा अध्यक्ष पद काङ्ग्रेसले जिते हरेक नागरिकको सेवक भएर काम गर्ने साथै थुप्रै जनप्रीय योजना ल्याउने प्रतिबद्धता जनाएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्यारेलाल साह कानुले आपसी मत भिन्नता हटाएर सबै जना एक ठाउमा ईमान्दार भएर लागेको बताएका छन । यता बुथ सभापति गुप्ताले आफू सभापती भएको बेला तसरुदिन मियाको नेतृत्वमा रहेको पुरै प्यानललाई चुनावमा जिताएर आफुले ईतिहास बनाउने घोषणा गरेका छन । पार्टी उप सभापति भट्टले पार्टीका लागि योगदान दिएका पुर्व जिल्ला सभापति नासिरुद्दिन मियाको कान्छो भाईलाई हामी सबैले जिताउनु पर्ने बताए । काङ्ग्रेस युवा नेता सन्जय गुप्ताले स्वागत गरेको कार्यक्रमको सन्चालन काङ्ग्रेस केन्द्रिय रेडियो प्रचारप्रसार समितिका का सदस्य साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर