
बारा,जेष्ठ ९
बाराको प्रसौनी गाउपालिकामा हिजो आयोजना गरिएको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा पदभार ग्रहणलाई बहिस्कार गरेका जनप्रतिनिधिको आज सपथ गराईएको छन ।
काङ्ग्रेस को तर्फबाट वडा नम्बर २ का अध्यक्ष हृदय कुमार साह,माओवादी बाट वडा ६ का बृजकिशोर कुश्वाहा, ४ का याकुब अन्सारी र नेकपा एस बाट वडा नम्बर ३ का निर्वाचित अध्यक्ष छोटालाल साह सहित का जनप्रतिनिधिले हिजो आयोजित कार्यक्रमलाई बहिस्कार गरेका थिए । हिजोको सपथ ग्रहण कार्यक्रममा बोलाएर निर्वाचित जनप्रतिनिधिलाई बस्ने कुर्सी समेत नमिलाई अपमान गर्ने गरि केवल एमाले नेता कार्यकर्तालाई आसन ग्रहण गरिएको प्रती वडा अध्यक्ष बृज किशोर कुश्वाहाले बताएका थिए । तर आज असन्तुष्ट सबै जनप्रतिनिधि लाई सौहार्द पुर्ण रुपमा गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वारले सपथ खुवाएको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले जानकारी गराए । सपथ खादै सबै जनप्रतिनिधिले विधि र शासनको पालना गर्दै प्रसौनिलाई बनाउन सबै मिल्ने बताएका छन ।