साजिर मन्सूर
बारा ,जेष्ठ ११

बाराको सिमरौनगढ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले एक समारोहका बिच सपथ ग्रहण गरेका छन । नगरपालिकाका मेयर किशोरी प्रसाद कलवारले नव निर्वाचित उपमेयर सहित समस्त वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा
नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुल माला अबिर लगाएर स्वागत गर्दै सम्मान गरिएको छ ।
कार्यक्रममा नव निर्वाचित मेयर कलवारले कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका समस्त जनतालाई धन्यवाद दिएका छन । नगरपालिकाको अधुरो सबै काम पुरागर्ने जिम्मेवारी यहाका जनताले मेरो काधमा जिम्मा दिएको प्रती आफुले त्यसलाई पूरा गर्ने बताए । कलवारले हिजोको सारा बाचा आफुले पूरा गर्ने बताए । कलवारले आज आफुले सपथ खाएर पदभार ग्रहण गर्दै नगरपालिका बासिको सेवकको रुपमा अहोरात्र सेवा गर्ने बताए । तर सपथ ग्रहण कार्यक्रममा काङ्ग्रेस लगायतका दलबाट निर्वाचित जनप्रतिनिधिले भने सपथ खान भने मानेनन । उनिहरुले विभिन्न असन्तुष्टि राख्दै सपथ न खाएका हुन ।
नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवालले कार्यक्रमको संचालन गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर