बारा, ।
सिम्रौनगढका निर्वाचित कांग्रेसका जनप्रतिनिधिले चौथो दिन पनि सपथ लिएका छैन । प्रमुख निर्वाचन कार्यलय सिम्रौनगढले जेठ ११ गते बोलाईएको सपथ ग्रहण कार्यक्रममा कांग्रेसका निर्वाचित वडा अध्यक्ष तथा वडा सद्स्यहरुले प्रमुख निर्वाचन अधिकृत बाट सपथ लिने अडान लिएपछि बिवाद उत्पन्न भएको थियो । निर्वाचित नगर प्रमुख किशोरी प्रसाद साहले अन्तिम घडी सम्म पनि सपथ लुन आग्रह गरिरहदा कांग्रेस बाहेकका जनप्रतिनिधिले मात्र जेठ् ११ गते सपथ लिइएका थिए । निर्वाचन आयोगको निमावलिमा सपथ नलिइएका जनप्रतिनिधि नगर सभा ,गाउँ सभा वा जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिन नसक्ने ब्यवस्था रहेका छन । तर सिम्रौनगढमा कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिले एकातिर सपथ नखाने अर्को तिर आफ्नो हकदाबी गर्ने परिपाटी देखिएको छ । निर्वाचित लोसपाको नगर प्रमुख किशोरी साहले जेठ् १४ गते शनिबार समेत सपथ ग्रहणको लागि बांकी जनप्रतिनिधिलाई बोलाईएको भएपनी उनिहरुको उपस्थिति भएन । सिम्रौनगढ नगरपालिकामा कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष लगायत वडा सद्स्यहरुको बहुमत भएकै कारण उनिहरुले निर्वाचन कार्यलयको स्थानीय तहको कार्यपालिका सद्स्यहरुको निर्वाचन प्रक्रिया समेत अवरुद्ध भएका छन । जनताको अभिमत बाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध तथा शक्तिप्रदर्शन गरिरहदा सिम्रौनगढ नगरपालिकाको बिकास र समृधी समेत पछाडि पर्ने संकेत अहिले देखि नै अभास हुन थालेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर