
साजिर मन्सूर
कलैया,जेष्ठ २३
बाराको महागढीमाई नगरपालिकाका नव निर्वाचित नगर प्रमुख उपेन्द्र यादव उर्फ उपन यादवले आफुले पाउने मासिक सेवा सुबिधा नलिने उदघोष गरेका छन । जनताले देशमा आर्थिक संकट पो आउने भन्ने आकलन गरिरहेका बेला जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रीने भएकाले आफुले सेवा सुबिधा नलिने मेयर यादवले घोषणा गरेका छन । जिल्लाको १६ स्थानिय तहमा एकल दोश्रो कार्यकालका लागि निर्वाचित जनप्रीय मेयर वहाँ सेवा सुबिधा नलिने घोषणा गरेका छन ।
नेपाली काँग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुबिधा गरिब, असहाय, बिपन्न बर्गका लागि खर्च गर्ने बताएपछि बारामा उनको व्यापक प्रसंशा हुन थालेको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का समाजसेवी हाजी राजमहमद मन्सूरले बताए । मेयर यादवले नेपाली काँग्रेसबाट नै निर्वाचित उपमेयर तारादेवी कानु सहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुबिधा नलिन आग्रह गरेका छन । यादवले पैसा कमाउन नभैइ जनताको सेवाका लागि आएको भन्दै जनताको सेवा नै आफ्ना लागि धर्म हुने बताएका छन ।
नागरिकको कामकाजमा कुनै ढिलाई हुन नदिने बताउदै छिटो छरितो सेवा प्रवाहमा कुनै कमी बर्दास्त नगर्ने बताएका छन ।
महागढिमाई नगरलाई देश कै नमुना नगरपालिका बनाउने अभियानमा जुटी रहेको हुदा यहाँका राजनितिक दल, नागरिक समाज, आम जनता, समाजिक संस्थाका कार्यकर्ता, कर्मचारी, पत्रकारहरुलाई समेतलाई सहयोगका लागि आग्रह गरे ।