साजिर मन्सूर
कलैया,जेष्ठ २७

रास्ट्रीय स्वास्थयकर्मि महासघ नेपालको १७औ स्थापना दिबसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन । फेटा गाउपालिका स्थित फेटा बजारमा आयोजना गरिएको रक्तदानमा सो संख्यामा रक्तदान गरेको आयोजक रास्ट्रीय स्वास्थ्यकर्मी महासंघले जनाएको छ । महा संघ मधेस प्रदेस कमिटिका अध्यक्ष कुरान अलि ठकुराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष ठकुराईले महा संघले प्रत्येक बर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउदै रक्तदान कार्यक्रम मान्वताको प्रतीक भएकोले सबैले रक्तदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेले सबै रक्तदाता प्रती उच्च सम्मान रहने र यो कार्य सबै संघ संस्था ले गराउन आग्रह गरे । प्राकृतिक रुपमै रगत आफै बन्ने र खेर जाने भएकाले सबैले रक्तदान गरेर कसैको अकालमा ज्यान जान बाट जोगाउनु पर्ने बताए । कार्यक्रमलाई सफल गराउन फेटा गाउपालिकाको कार्यालय;नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्सा,फेटाका केही जनप्रतिनिधि र स्थानिय समाजसेवि तथा स्वास्थ्यकर्मिले सहयोग गरेको ठकुराईले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर