साजिर मन्सूर
कलैया,जेष्ठ २९
कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले कलैयाको खेलकुद र खेलाडीलाई आवस्यक हरेक प्रकारको भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्ने बताएका छन । नेपाली रास्ट्रीय खेलकुद का लागि कलैयाले विभिन्न बिधाका खेलाडी उत्पादन गरेको सबैमा सर्व बिदित रहेको र त्यसको लागि अब कलैया उपमहानगरपालिकाले कुनै पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जाहेर गरेका छन । केही बर्ष अगाडी सम्म खेलकुदको उर्वर भुमी मानिने कलैयामा आवस्यक पुर्वाधार नहुदा नेपाली टोलिमा यहाका खेलाडी पर्नमा कठिनाई हुने तितो अनुभव मलाई खबर भएको र अब म त्यस्तो हुन नदिने मेयर साहले बताएका छन ।
कलैया कृकेट क्लबका महिला खेलाडी कप्तान अलिशा यादव आईसिसी U-19 womens t20 world cup asia qualifire प्रतियोगिता खेली गृह जिल्ला घर कलैयामा नगर प्रमुख साहले फुलमाला र दोसल्लाले स्वागत गरेका छन । सो अवसरमा कलैया कृकेट क्लबका अध्यक्ष तासिरुदिन मन्सूर,पुर्व सचिव पन्कज पाण्डे,ब्राईट ल्याण्ड बोर्डिङका मनोज यादव,एमाले नेतृ प्रतिमा यादव, जिल्ला क्रीकेट संघ का पदाधिकारीहरु,कलैया कृकेट क्लबका पदाधिकारी,कलैयाका खेलाडिहरु लगायतकाको उपस्थिति रहेको थियो । मलेसियामा सम्पन्न प्रतियोगीतामा नेपाली टिम ले धेरै ठूलो फड्को न मारे पनि अलिशाको प्रदर्सन संतोषजनक रहेको क्लब का पुर्व सचीव पंकज पान्डेले जानकारी गराएका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702