साजिर मन्सूर
कलैया,असार १
स्थानिय निर्वाचन सम्पन्न भैसकेपछी कलैया उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले आफ्नो सम्पती बिवरण बुझाउनुपर्ने माग राख्दै नेकपा माओबादी केन्द्र कलैया नगर कमिटीले कलैयाका मेयर बिनोद साहलाई ज्ञापन पत्र बुझाएको छ । माओवादी कलैयाका अध्यक्ष मुकेश साहको नेतृत्वमा बुझाईएको ज्ञापन पत्रमा सम्पती विवरण बुझाउनका साथै,जनप्रतिनिधि लाई रास्ट्रीय गान सिकाउन र लेख्न का लागि आवस्यक बजेट छुट्याउन तथा जनतालाई समाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउन माग गरिएको साहले बताएका छन । ज्ञापन पत्र बुझ्दै मेयर बिनोद साहले आफुले जनताको भावनालाई कदर गर्ने र जन अपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता जनाउदै ज्ञापन पत्रलाई सकारात्मक रुपमा लिएको बताएका छन । उक्त अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नाथु साहको समेत उपस्थिति रहेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702