कलैया । विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग पैसा असुल्ने बारा को सिमरा निवासी एक जना लाई प्रहरी ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा को सिमरा बस्ने ३२ वर्षीय रुपेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
कार्कीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गरेको प्रहरी ले जनाएको छ ।
विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको प्रब्क्ता मैनालीले जानकारी दिएका छन् । उनलाई पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।