साजिर मन्सूर
कलैया,असाढ ९
“आधुनिक कृषि पर्यटन र औधोगिक ग्रामको स्थापना समुन्नत कोल्हबी हाम्रो चाहना” भन्ने नारा सहित कोल्हबी नगरपालिकाको आठौ नगर सभा शुरु भएको छ । सभालाई प्रमुख अतिथी नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले उदघाटन गर्दै कोल्हबिमा एक घर एक धारा अवस्य ल्याउने घोषणा गरेका छन । चौधरीले कोल्हबी नगरपालिकाको समुचित बिकासका लागि सबै जनप्रतिनिधि को हातेमालो जरुरी रहेको बताएका छन । चौधरीले कोल्हबिको बिकासका लागि चाहिने आवस्यक मन्त्रालय सङ्ग समन्वय गराएर यहाको बिकासका लागि सहकार्य गर्ने बताएका छन ।
मन्त्री चौधरीले लोकतन्त्रमा जनता मालिक र जनता नै जनार्दन हुने भएकाले सेवा गर्न आएका जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताएका छन । मन्त्री चौधरीले कस्तो नीति कार्यक्रम बनाउने बिषयमा सबैको ध्यानाकर्षण हुनु स्वभाविक भएकोले जन भावना अनुसारको योजना र कार्यक्रम ल्याउन सुझाव दिए । मन्त्री चौधरीले हाम्रो कोल्हबी कृषि बाहुल्य छेत्र भएकाले यहाका किसान मैत्री नीति कार्यक्रम बनाउन जोड दिए । बाराको चरवन्त भनेकै कोल्हबी हो यहाका किसानले बर्षमा तीन चार बाली उब्जाएर देशको पेट भर्नमा मदत गरेको बताउदै राज्यले समेत यसको बिकासमा योगदान दिनुपर्नेमा मन्त्री चौधरीले जोड दिए । यहाका जमुनी,सपही लगायतका सिचाईको समेत कार्य आफुले शुरुवात गरेको र तमागढी बाटोलाई सम्पन्न गराएको बताए । मन्त्री चौधरीले देशको आर्थिक मेरुदण्ड भनेकै दोश्रो अन्तरास्ट्रिय विमान स्थल निजगढ विमान स्थल बन्नु हो त्यसैले जसरी पनि बन्नुपर्नेमा जोड दिएका छन । जङ्गल भनेकै किशानको प्राण हो भन्दै जङ्गल जोगाउदै कुनै पनी हालतमा बिमान् स्थल बन्नुपर्नेमा जोड दिएका छन । कुनै पनि बहानामा निजगढ विमान स्थल रोक्न नमिल्ने बताएका छन । तराई मधेस स्यालो ट्युबेल कार्यक्रम मार्फत प्रत्येक वडामा बजेट छुट्याएको चौधरीले बताएका छन ।
नगरपालिकाका मेयर रामप्रसाद चौधरीले आफुले सारा पार्टी का नेतालाई उदघाटनमा बधाई दिन बोलाएको बताउदै सबैले दिएको सल्लाह लाई आत्मसाथ गर्ने बताएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य त्रीलोकी चौधरी,उप मेयर लक्ष्मी चौधरी,सम्पुर्ण वडा अध्यक्ष,नगर सभा सदस्यहरु,प्रमुख प्रसासकिय अधिकृत महमद साबिर,सम्पुर्ण राजनितिक दलका प्रतिनिधि तथा सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख प्रसासकिय अधिकृत महमद साबिरले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना शाखा प्रमुख अजय उप्रेतिले गरेका थिए ।