साजिर मन्सूर
कलैया,असार १०

शैक्षिक प्रसासनिक पर्यटकिय शहर स्वच्छ सम्मुनत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारा सङ्गै कलैया उपमहानगरपालिका को नवौं नगर सभा शुरु भएको छ । कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले नगर सभाको उदघाटन गरेका छन । सभालाई सम्बोधन गर्दै साहले दुई बर्ष भित्र कलैया १४ मा रहेको १४ बिघा छेत्रफलको एलानी जग्गामा रास्ट्रीय स्तरको कृकेट खेल स्टेडियम बनाउने घोषणा गरेका छन । साहले कलैयाका पुर्व मेयर मेरा मित्र सुशील चौगाईले अमेरिका बसेर पनि कलैयाको खेलकुद बिकासमा १ करोड सहयोग गर्ने बताएपछि आफुले जसरी पनि यो योजना पूरा गर्ने बताएका छन । नगरको बिकासका निमित आम नागरिकको समेत सल्लाह सुझाव सहित अगाडि बढ्ने बताएका छन । सरकारी शिक्षालाई स्तरीय गुणस्तरीय र सबैको पहुचमा पुर्याउने योजना सहित अगाडी बढ्ने बताएका छन । नगर प्रमुख शाहले उपमहानगरको बिकासका लागि २०४९ साल देखि काम गरेर अवकाश प्राप्त कर्मचारी हरुलाई दोशल्ला सहित करुवाले सम्मनी गरेका छन । साहले बाराको शैक्षिक बिकासका लागि सब भन्दा बढी योगदान दिएका चर्चित समाजसेवी तथा श्री नेरा माबी मदर्शाका पुर्व प्रधानाध्यापक एवम हालका ब्यवस्थापन समिती अध्यक्ष महमद सगिर लाई दोसल्ला सहित उच्च सम्मान सहित यस्ता धरोहर को सदैव सम्मान गर्ने प्रतिबद्धता जनाएका छन । सम्मानित भए पछाडी सबै जना भाव बिह्वल भएर स्थानिय सरकारले आफुहरुको योगदानको कदर गरेकामा धन्यवाद दिएका छन । यस अगाडी कलैया उपमहानगरपालिका को नगर उप प्रमुख रौशन प्रविण को आग्रहमा प्रमुख प्रशाासकिय अधिकृत नाथु साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर