साजिर मन्सूर
कलैया,असार १२
सन्सारको लागी ठूलो समस्या रहेको लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार लाई बाराबाट अन्त्य गराउन अभियान थाल्ने बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवालले बताएका छन । अन्तरास्ट्रिय लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार नियन्त्रण दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बारा सदरमुकाम कलैयामा प्रजिअ कटुवालले यस्तो बताएका हुन ।लागू औषध प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ। यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक हुन्छ कटुवालले भने । हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रि्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। कटुवालले खुल्ला नाकाहरुमा समेत हाम्रा युवाहरु को दुर्ब्यषनी बढेको यसलाई रोक्न कडा रुपमा प्रहरीलाई निर्देशन दिएका छन । आफ्नो सन्तान जस्तै अरुको सन्तानलाई सम्झेर व्यवहार परिवर्तन गराउन सहयोग गर्नुस कटुवालले भनेका छन ।
नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भररुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी पनि कुलतमा फस्न सक्ने कटुवालले थपे ।कटुवालले उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु हाम्रो बाध्यता र समाजको पीडा भएको बताए । कार्यक्रममा बोल्दै महमद सगिरले लागू औषध दुर्ब्यशनिले
धन्जनको छती,स्वास्थ बिग्रने,घर भाडिने प्रमुख समस्या रहेको बताएका छन । कार्यक्रममा कलैया उपमहानगरपालिका का मेयर बिनोद साह,सशस्त्रका प्रहरी उपरीक्षक राजेन्द्र थापा,नेपाल प्रहरिका प्रहरी नायब उपरीक्षक राजेश थापा,समुदाय प्रहरी कलैयाका अध्यक्ष महमद सगिर,समुदाय प्रहरी कलैयाका सचिव जङ्गबहादुर यादव,नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,महिला अधिकारकर्मी बबिता जयस्वाल सहित विभिन्न बिधालयका छात्रछात्रा,प्रहरी प्रशसासन को उपस्थिति रहेको थियो ।