साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वार्ड नं. १७ का वड़ा अध्यक्ष दीपेन्द्र महतोले वडाको बिधालयहरुको छड्के अनुगमन गरेका छन । महतोले श्री महाबिर नेरा माबी ब्रहमपुरीमा छड्के गरेका छन ।

शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि गरिएको अनुगमनका क्रममा बिधालयमा सबै शिक्षक उपस्थित रहेको र सबै कक्षा कोठामा पठाईरहेको पाएको बताए । बिधालयको पोषाकमा अलि कमि देखिएकाले त्यसमा ध्यान दिन प्रधानाध्यापक लाई भनिएको वडा अध्यक्ष महतोले बताएका छन । यस अगाडि भएको भवन निर्माणमा गुणस्तरीय काम नभएको आफुले पाएको महतोले बताएका छन । महतोले त्यस्ता कामको आफुले पुनः गुणस्तरीय किसिमले गराउने प्रतिबद्धता जनाएका छन ।

वडा अध्यक्ष महतोले विद्यालको चौतरफी विकासको लागि आफू सधै तत्पर रहने बताउदै वडाको समग्र विकासको साथै शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन । महतोले बिधालयमा अपुग रहेको कक्षा थप्ने,कम्पाउड बाल बनाउने,शिक्षक ब्यवस्थापन गर्ने लगायतका आवस्यकता पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहाले विद्यालयको समग्र विकासको लागि अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, राजनीति कर्मी शिक्षक , विद्यार्थी लगायत शिक्षामा चासो राख्ने सम्पूर्णसंग हाते मालो गरी अगाड़ी बढ़ने बाताबरण बनाउनुपर्ने बताएका छन । उनले जनताको सबै भन्दा बढी चासो शिक्षाका लागि हुनुपर्ने बताउदै जनप्रतिनिधि लाई समेत शिक्षा तर्फ नै बढी ध्यान दिन झक्झकाउनु पर्ने बताए । दैनीक रुपमा अभिभावकहरु बिधालयमा आएर यहाको अनुगमन गर्न समेत आग्रह गरे ।

अनुगमनका क्रममा वड़ा सदस्य द्वय लक्ष्मी राउत, अबास अंसारी, महिला सदस्य सरस्वती देवी, दलित महिला सदस्य बबिता पासवान ,वड़ा सचिव राजीव पाण्ड्य, वार्ड नं. १७ का स्वास्थ्य प्रमुख श्याम परमेश्वर साह लगायतकाको समेत उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर