साजिर मन्सूर,कलैया । देवताल गाउपालिकाका पशु पालक किसानहरुका लागि आवस्यक अनुदानको ब्यवस्था गर्ने नीति बनाउने गाउपालिका अध्यक्ष उदय यादवले बताएका छन ।
जिल्ला पशु कार्यालय बारा बाट प्राप्त बाख्रा बितरण कार्यक्रममा गाउपालिका अध्यक्ष यादवले यस्तो बताएका छन। यादवले गाउपालिकाका पशु पालक किसानहरु विभिन्न खालका योजना स्थानिय सरकारले ल्याओस भनेर गरेको अपेक्षा अनुसार आफुले अनुदानमा आधारित ब्यवहारिक कार्यक्रम ल्याउने बताएका छन । गाउपालिका भरिका गरिब असहाय बिपन्न पशु पालक किसानका लागि विभिन्न खालका आयमुलक तालिम सहित निशुल्क बाख्रा बितरण् समेत गर्ने योजना बनाईरहेको बताएका छन।
वडा नम्बर ३ को अम्वा टोलमा आज १० किलो बराबरको ४० वटा बाख्रा बितरण भएको योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले जनाएका छन । सो अवसरमा वडा अध्यक्ष राम किशोर कुश्वाहा,प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पाल,देवताल गाउपालिकाको पशु शाखा प्रमुख दिपेन्द्र कुश्वाहा सहित आयोजक जिल्ला पशु कार्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर