
साजिर मन्सूर,कलैया । नेपाली काङ्ग्रेस का नेता एवम सम्बिधान सभा सदस्य लालबाबु सिंहले काङ्ग्रेस बाराका नेतृत्व पंक्तिले आफ्नो सकृय सदस्यता खारेज गर्न षड्यन्त्र गरिरहेको बताएका छन । बारा सदरमुकाम कलैया स्थित आफ्नै सिंह कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गरि सिंहले आफुलाई अन्यायमा पारिने गरि ठूलो षड्यन्त्र भैरहेको बताएका छन ।
सिंहले आफू काङ्ग्रेस बाराको दुई दुई पटक जिल्ला सभापति भएको लामो अनुभव र त्यागका बावजुद हालका काङ्ग्रेस बाराका अग्रपंक्तिमा रहेका नेताहरुले मेरो सकृय सदस्यबाट समेत नवीकरण नहोस भनी चलखेल शुरु गरेको भन्दै केन्द्रिय सभापति तथा नेताहरुलाई गुहार्ने बताएका छन । आफू जस्ताको हालत यस्तो रहेको समयमा आम नेता कार्यकर्ताको के बिजोगा भएको होला भन्दै चिन्ता ब्यक्त गरेका छन । आफू पहिला निर्वाचन छेत्र नम्बर ३ मा रहेको फेटा गाउपालिका वडा नम्बर ७ मा रहेको र अब पहिलाको सहमती अनुसार निर्वाचन छेत्र नम्बर ४ मा पर्ने फेटा गाउपालिका वडा नम्बर ३ मा जान चाहेपछी छेत्रीय सभापती तथा जिल्ला सभापतिले हुदैन भन्दै आफुलाई अन्याय गरिरहेको बताएका छन ।
आफुले अब बारा निर्वाचन छेत्र नम्बर ४ बाट राजनीति गर्ने आम नेता कार्यकर्ता को सुझाव अनुसार उतै जान लागेपछी आफुमाथी घोर अन्याय गरिएको बताएका छन । आफू जिल्ला सभापती हुदा कसैको मन नदुखाएको र पार्टी लाई एक ठिक्का बनाएर लगेको बताउदै अहिले गुट उपगुटले काङ्ग्रेस धरासायी बन्दै गैरहेको प्रती सबै नेतृत्व बर्गलाई बेलैमा सचेत हुन आग्रह गरेका छन ।