बिश्वास सम्बाददाता
कलैया,साउन ३०
नेपालकै दोश्रो जेठो बिधालय श्री ३ चन्द्र माबी कलैयाको नव निर्मित भवनको ढोका फोडेर अनि ताल्चा काटेर विभिन्न किसिमका ७ थान सिसि टिभी क्यामेरा,सिलिङ्ग पन्खा ३ थान,ग्यास सिलिन्डर १ थान,तार होल्डर लगायतका गरि कम्तिमा १ लाख बराबरको चोरी भएको श्री ३ चन्द्र माबी कलैयाका प्रधानाध्यापक नरेन्द्र गिरिले बाताएका छन । गिरिले शिक्षाको मन्दिरमा यस खालका चोरी हुनु अत्यन्तै दुखद भएको बताएका छन । समाजका जनप्रतिनिधि सहित सम्पुर्ण अगुवा तथा समाजसेवीले यसमा गम्भीर बन्न जरुरी भएको बताएका छन । प्रहरी प्रशासनलाई समेत कैयौ पटक जानकारी गराउदा समेत कुनै चासो नदेखिनु दुखद रहेको बिधालय प्रशासनका खरिदार अनिल गुप्ताले बताए । प्रहरिलाई सिसिटिभी क्यामेरा चोर्दै गरेको भिडियो समेत उपलब्ध गराउदा चोर पक्राउ हुन नसक्नु दु:खद भएको गुप्ताले बताए । जिल्ला सदरमुकाम कलैयाको मुटुमा रहेको बिधालयमा यस खालले चोरी भएर छती पुग्नु प्रहरि प्रशासनलाई खुल्ला चुनौती भएको स्थानियहरुले आक्रोश पोखेका छन । बिधालयमा साझ बेलुकी नशा गर्नेहरुको बिधालयमा बिगबिगी हुने गरेपनी देवकोटा चौक अर्थात बिधालयको गेटमै खट्ने प्रहरिहरुलाई चासो नहुने गरेको स्थानियले बताएका छन । रातिको समयमा खासगरी लागू औषध नशा गर्नेहरुले बिधालयलाई आफ्नो अखडा बनाउने गरेका छन ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702